सफ्टवेयर अपडेटमा निम्न समावेश हुन सक्छ, तर यतिमा मात्र सीमित होइन
आफ्नो यन््त्रको धेरै भन्दा धेरै लाभ लिन कृपया यन्त्रलाई अप टु डेट राख्नुहोस् र नियमित रूपमा सफ्टवेयर अपडेटहरू जाँच्नुहोस्।
Galaxy F17 5G (SM-E176B)
बिल्ड नम्बर : E176BXXU8DZJ5
Android संस्करण : C(Android 17)
जारी मिति : 2026-10-27
सुरक्षा प्याचको स्तर : 2026-10-05
One UI 9
उत्पादकत्व र मल्टिटास्किङ
थप अनुकूलनीय क्विक प्यानल
अब तपाईं आफ्नो क्विक प्यानलका कन्ट्रोलहरूलाई पहिलेभन्दा अझ सहज रूपमा मिलाउन र अनुकूलन गर्न सक्नुहुन्छ। तपाईं चम्किलोपना र भोल्युम स्लाइडरहरूको साथै मिडिया प्लेयरको आकार परिवर्तन गर्न सक्नुहुन्छ। तपाईं साउन्ड मोड बटनलाई भोल्युम स्लाइडरबाट अलग गर्न पनि सक्नुहुन्छ।
गोपनीयता, सुरक्षा र यन्त्रको सुरक्षा
वारेन्टी र हेरचाह
सेटिङहरूमा रहेको नयाँ 'वारेन्टी र हेरचाह' मेनुबाट तपाईंले आफ्नो वारेन्टी विवरण जाँच गर्नुका साथै Galaxy लाई उत्कृष्ट अवस्थामा राख्न नैदानिक जाँच र उपयोगी विवरण प्राप्त गर्न सक्नुहुन्छ।
आफ्नो फोन तुरुन्तै लकडाउन गर्नुहोस्
हतार गर्नुपर्ने अवस्थामा पनि आफ्नो फोन सुरक्षित ढङ्गले लक गर्न अब अझै सजिलो भएको छ। केवल भोल्युम डाउन र साइड बटनहरू एकैसाथ थिचिराख्नुहोस् वा क्विक प्यानलमा रहेको पावर बटन ट्याप गर्नुहोस्। यसले तपाईंले अर्को पटक आफ्नो फोन अनलक गर्दा बायोमेट्रिक्स प्रयोग हुनबाट रोक्छ।
स्थान पहुँच पारदर्शिता
आफ्नो स्थानको गोपनीयतामा सचेत रहनुहोस्। कुनै एपबाट तपाईंको स्थानमा पहुँच गर्दा स्क्रिनको शीर्ष भागमा एउटा निलो सङ्केतक देखा पर्ने छ। त्यो कुन एप हो भनेर हेर्न क्विक प्यानलमा रहेको सङ्केतकमा ट्याप गर्नुहोस्।
Samsung Health
Samsung Health को नयाँ स्वरुप
तपाईंको स्वास्थ्य डाटा बुझ्न अझ सहज बनाउन Samsung Health लाई नयाँ रूप दिइएको छ। आफ्नो स्वास्थ्यसम्बन्धी लक्ष्यहरू हासिल गर्न अझ प्रस्ट दृश्य, सुधारिएका चार्ट र थप उत्कृष्ट अनुभवको फाइदा उठाउनुहोस्।
आफ्नो Health होम स्क्रिन अनुकूलन गर्नुहोस्
आफ्नो प्राथमिकतामा परेका विषयहरू सहजै हेर्नका लागि क्रियाकलाप, निद्रा, माइन्डफुलनेस र पोषण जस्ता कोटी अनुसार कार्डहरूको साइज मिलाउनुहोस् र व्यवस्थित गर्नुहोस्।
स्वास्थ्य डाटा तुरुन्तै लग गर्नुहोस्
अब Samsung Health को होम स्क्रिनबाटै आफ्नो स्वास्थ्य विवरण थप्न अझ सजिलो भएको छ। तपाईं आफ्नो मुड, खाना र अन्य कुराहरू लग गर्न सक्नुहुन्छ। तपाईं द्रुत इनपुटका लागि क्यामेरा पनि प्रयोग गर्न सक्नुहुन्छ।
उन्नत ट्रेन्ड विश्लेषण
Samsung Health मा सुधारिएका ट्रेन्ड चार्टहरूमार्फत आफ्नो प्रगति ट्र्याक गर्नुहोस्। डाटालाई घण्टा, दिन वा हप्ताका आधारमा हेर्नुहोस्; विस्तृत रूपमा हेर्न पिन्च गरी जुम गर्नुहोस् र फरक-फरक समयको नतिजा तुलना गर्न एकभन्दा बढी चार्टहरू सँगै राखेर हेर्नुहोस्।
तपाईंको निद्राका महत्त्वपूर्ण सूचकहरूमा भएका परिवर्तनहरू निगरानी गर्नुहोस्
Samsung Health ले तपाईंलाई तपाईंको निद्रासँग सम्बन्धित स्वास्थ्य डाटामा भएका अर्थपूर्ण परिवर्तनहरू याद गर्न मद्दत गर्छ। तपाईंको दैनिक स्वास्थ्य प्याटर्नहरू अझ राम्रोसँग बुझ्न Galaxy Watch वा Ring का मापनहरू प्रयोग गर्नुहोस्।
आफ्नो मुटुको स्वास्थ्य व्यवस्थापन गर्नुहोस्
तपाईंको मुटुलाई असर गर्ने मुख्य स्वास्थ्य मेट्रिक्स र जीवनशैलीका पक्षहरू ट्र्याक गर्नुहोस्। तपाईंको निद्रा, व्यायाम, BMI र भास्कुलर लोडमा आधारित दैनिक स्कोरले तपाईंलाई आफ्नो हालको मुटुको स्वास्थ्य ट्रेन्डहरू अझ ਰਾਮ್ರੋसँग बुझ्न मद्दत गर्दछ।
आफ्नो कार्डियो लोड ट्र्याक गर्नुहोस्
तपाईंको कसरत र क्रियाकलापले मुटुमा कसरी असर गर्छ, हेर्नुहोस् ताकि तपाईंलाई कहिले बढी मेहेनत गर्ने र कहिले आराम गर्ने भन्ने थाहा होस्। तपाईंको हालको क्रियाकलाप र प्रशिक्षण फोकसको आधारमा तपाईंको लक्षित कार्डियो लोड दायरा दैनिक रूपमा समायोजन हुन्छ।
आफ्नो फिटनेस इन्डेक्स जाँच गर्नुहोस्
तपाईंको फिटनेस इन्डेक्स निम्न पाँच प्रमुख फिटनेस मापदण्डहरू प्रयोग गरेर गणना गरिने एउटा समग्र स्कोर हो: शारीरिक संरचना, कार्डियो, शक्ति, लचकता र सहनशक्ति। आफ्नो लक्ष्य तय गर्नुहोस् र नतिजाअनुसार तयार पारिएका व्यक्तीकृत अन्तर्दृष्टिहरू प्राप्त गर्नुहोस्।
आफ्नो कान सुरक्षित राख्नुहोस्
नयाँ हियरिङ ट्र्याकरले Galaxy Watch ले पत्ता लगाउने बाह्य ध्वनि र हेडफोनको अडियो लेभल ट्र्याक गर्छ, जसले गर्दा तपाईंलाई ठूलो आवाजको जोखिमबाट जोगिन मद्दत पुग्छ।
आफ्नो महिनावारी चक्र र शारीरिक लय हेर्नुहोस्
नयाँ साइकल ट्रयाकिङ विकल्पहरूको प्रयोग गरी आफ्नो महिनावारी चक्र र शारीरिक लयसम्बन्धी अझ विस्तृत एवम् व्यक्तीकृत विवरण प्राप्त गर्नुहोस्। तपाईं पात्रोमै आफ्नो चक्रसम्बन्धी विवरण हेरी आफ्नो स्वास्थ्य अवस्था र प्याटर्नलाई अझ राम्ररी बुझ्न सक्नुहुन्छ।
पहुँच सुविधा
नयाँ पहुँच सुविधाहरू पत्ता लगाउनुहोस्
तपाईंको Galaxy को लागि नवीनतम पहुँच सुविधाहरूको बारेमा जान्न र प्रयोग गरी हेर्न पहुँच सुविधा सेटिङहरूमा रहेको 'नयाँ के छ' मेनु जाँच गर्नुहोस्।
सजिलै पढ्नका लागि टेक्स्ट स्पटलाइट
अझ नजिकबाट हेर्नुपर्छ? स्क्रिनको कुनै पनि टेक्स्टलाई अलग्गै विन्डोमा ठूलो र हाइलाइट गरेर हेर्न त्यसमा ट्याप गर्नुहोस्। तपाईं आफ्नो प्राथमिकताअनुसार फन्ट साइज, रङ र अन्य सेटिङहरू अनुकूलन गर्न पनि सक्नुहुन्छ।
भौतिक किबोर्ड सर्टकटहरू
स्क्रिन नछोईकनै आफूलाई चाहिने पहुँच सुविधा सेटिङहरू खोल्न आफ्नो भौतिक किबोर्ड सर्टकटहरू प्रयोग गर्नुहोस्।
माउस की सुधारहरू
माउस अन्तरक्रियाका लागि किबोर्ड प्रयोग गर्दा गति र प्रवेग नियन्त्रणलगायत नयाँ विकल्पहरू उपलब्ध छन्। तपाईं औँल्याउन र क्लिक गर्न किबोर्डको नम्बर प्याड पनि प्रयोग गर्न सक्नुहुन्छ।
स्वाइपलाई एकल ट्यापमा बदल्नुहोस्
सहज पहुँचका लागि 'स्वाइपलाई एकल ट्यापमा बदल्नुहोस्' विकल्प अब सहायक मेनुको सट्टा दक्षता र अन्तर्क्रिया मेनुमा राखिएको छ।
बोल्न चयन गर्नुहोस्
पूर्ण TalkBack चालु नगरी छिटो अडियो रिडआउट प्राप्त गर्नुहोस्। नयाँ बोल्न चयन गर्नुहोस् सुविधामार्फत स्क्रिनमा रहेको कुनै पनि टेक्स्ट वा छवि छनोट गरी त्यसको वाचन गरिएको वा वर्णन गरिएको ठूलो स्वरमा सुन्न सक्नुहुन्छ।
सुधारिएका TalkBack अपडेटहरू
अब Play Store बाट साधारण एप अपडेट गरी सजिलै TalkBack अपडेटहरू प्राप्त गर्न सक्नुहुन्छ, जसले तपाईंलाई नयाँ पहुँच सुविधा र सुधारहरू प्रयोग गर्न मद्दत पुर्याउँछ।
बिल्ड नम्बर : E176BXXS8CZI9
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-09-29
सुरक्षा प्याचको स्तर : 2026-09-05
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXS7CZH3
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-09-09
सुरक्षा प्याचको स्तर : 2026-08-05
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXS6CZG7
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-08-05
सुरक्षा प्याचको स्तर : 2026-07-05
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXU5CZE9
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-06-01
सुरक्षा प्याचको स्तर : 2026-05-05
One UI 8.5
भिजुअल डिजाइन
नयाँ ताजा लुक
थप उत्कृष्ट डिजाइन र अर्थपूर्ण व्यक्तिगिकरण गरेर समायोजन गरिएको One UI तपाईंको दैनिक रुटिनको एउटा अनिवार्य र सहज हिस्सा बन्नेछ। पारदर्शी ब्लर इफेक्ट ले सामग्रीलाई थप नेभिगेट गर्छ र यसमा भएका फ्लोटिङ बटन वा आइकनहरू तपाईंको कार्य गर्ने तरिका अनुसार चल्छ, अब तपाईं आफ्नो कार्यमा थप केन्द्रित हुन सक्नुहुन्छ। डाटा लाई सजिलै बुझ्न सकिने र आकर्षक ढङ्गले प्रस्तुत गर्ने One UI को डिजाइनमा तपाईंलाई व्यक्तिगत अनुभव हुन्छ र यसले तपाईंलाई आफूलाई चाहिने कुरामा मात्र ध्यान केन्द्रित गर्न मद्दत गर्छ।
क्यामेरा
नयाँ फिल्टरहरू
तपाईंका तस्वीरहरूलाई चलचित्रको जस्तै जीवन्त प्रभावहरू हाल्न अब तीनवटा नयाँ फिल्टर उपलब्ध छन्।
होम र लक स्क्रिन
डाउनलोड गर्न मिल्ने नयाँ वालपेपरहरू
छुन र चलाउन मिल्ने नयाँ वालपेपरहरू प्रयोग गरी हेर्नुहोस्। वालपेपरहरू आवश्यक परेको बेला मात्र डाउनलोड गर्न मिल्ने भएकाले, प्रयोग नभएको समयमा यसले तपाईंको फोनको स्टोरेज स्पेस ओगट्दैन।
आफ्नो रोजाइ अनुसारको थप घडी फन्टहरू
आफ्नो लक स्क्रिन को घडी लाई व्यक्तिगत बनाउनुहोस्। आफ्नो प्राथमिकता अनुसार समायोजन गर्न अब तपाईं विभिन्न फन्टको शैली लाई मोटो वा पातलो बनाउन सक्नुहुन्छ।
मौसम
परिष्कृत र विस्तृत मौसम विजेट
अब आफ्नो होम स्क्रिन मा रहेको मौसम विजेट बाट पानी पर्ने सम्भावना तुरुन्तै हेर्नुहोस्। अर्को केही घण्टा मा पानी पर्ने सम्भावना छ भने मौसम विजेट ले अब ग्राफमार्फत त्यसको जानकारी देखाउनेछ।
परागकण सूचकाङ्क
आफ्नो एलर्जी व्यवस्थापन मा मद्दत पाउन हावामा कति पराग छ भनेर जाँच गर्नुहोस्। तपाईं रूख, घाँस र र्यागवीडबाट हुने परागकण को मात्रा जाँच गर्न सक्नुहुन्छ।
सञ्चार
प्रत्यक्ष भ्वाइसमेल
अहिले नै जवाफ दिन सक्नुहुन्न? अब कल उठाउन नसक्दा कल गर्ने मान्छेले सीधै तपाईंको फोन मा भ्वाइस संदेश रेकर्ड गरेर छोड्न सक्छन् र तपाईंले पछि समय मिलेको बेला त्यो सुन्न सक्नुहुन्छ।
घडी
मौसम अनुसारको अलार्म ब्याकग्राउन्ड
बाहिरको मौसम कस्तो छ, अलार्म मै प्राप्त गर्नुहोस् र आफ्नो दिन को योजना सोही अनुसार बनाउनुहोस्। अब अलार्म बज्दा तपाईंको स्क्रिनको ब्याकग्राउन्ड मा बाहिरको मौसम कस्तो छ भनेर देखिनेछ।
समय क्षेत्र कन्भर्टर
अब एकै नजरमा समय क्षेत्र हरू तुलना गर्नुहोस्। घडी एपको नयाँ स्लाइडरको मद्दतले अब संसारभरिका विभिन्न ठाउँ हरू बीचको समयको भिन्नता सजिलै थाहा पाउन सकिन्छ।
जडान
Smart View यन्त्रहरूमा तुरुन्तै कनेक्ट हुनुहोस्
आफ्नो मनपर्ने डिस्प्ले मा अब अझ छिटो कनेक्ट हुनुहोस्। अब आफ्नो होम स्क्रिन मा एउटा शर्टकट थपेर फोन स्क्रिन लाई तुरुन्तै टिभी वा अन्य डिस्प्ले मा देखाउन सक्नुहुन्छ।
छिटो शेयर गर्ने सुविधा
नचाहिएका शेयर अनुरोधहरू बाट बच्नुहोस्
तपाईंले अब आफ्नो Samsung account वा Google एकाउंट मा साइन इन भएका अन्य यन्त्रहरू बाट मात्र फाइलहरू रिसिभ हुने गरी Quick Share सेट गर्न सक्नुहुन्छ।
Samsung Health
अपग्रेड गरिएको शेयर अनुभव
आफ्नो व्यायाम को विवरण अब आफ्नै शैलीमा शेयर गर्नुहोस्। व्यायाम गर्दाका फोटो र विवरणहरूलाई आफ्नो मनपर्ने गरी सिर्जना गर्नुहोस् र सोशल मिडिया मा आकर्षक ढङ्गले शेयर गर्नुहोस्।
आफ्नो घडी बाटै ध्यान सुरु गर्नुहोस्
मनको शान्ति अब तपाईंको नाडीमा। अब फोन नउठाईकनै आफ्नो Galaxy Watch बाट सीधै आफ्नो मनपर्ने कुराहरू वा सिफारिस गरिएका ध्यानहरू सुरु गर्न सक्नुहुन्छ।
अब आफ्नै घडीबाट एन्टिअक्सिडेन्ट मापन
जुनसुकै समय आफ्नो एन्टिअक्सिडेन्ट स्तर जाँच गर्नुहोस्। फोन सँग कनेक्ट नभएको अवस्थामा पनि सीधै आफ्नो Galaxy Watch बाट मापन गर्न सकिन्छ। यो सुविधा Galaxy Watch8 र Galaxy Watch Ultra मा उपलब्ध छ।
ब्याट्री र पावर
परिमार्जित ब्याट्री जानकारी
आफ्नो ब्याट्री खपत अब थप प्रस्टसँग हेर्नुहोस्। ब्याट्री सेटिङहरू नयाँ डिजाइनले गर्दा अब बाँकी समय, चार्जिङ अवस्था र बितेको हप्ताभरिको दैनिक प्रयोगको विवरण हेर्न अझ सजिलो भएको छ।
सुधारिएको पावर बचत
आफ्नो ब्याट्रीलाई चार्जिङ नगरी लामो समयसम्म टिकाउन पावर बचत को प्रयोग गर्नुहोस्। मध्यम बचत र आफ्नो हिसाबले सेटिङ मिलाउन स्ट्यान्डर्ड छनौट गर्नुहोस्, वा सबै आवश्यक नभएका फिचरहरू बन्द गरी ब्याट्रीलाई धेरैभन्दा धेरै समय टिकाउन अधिकतम छनौट गर्नुहोस्।
सुरक्षा र गोपनीयता
चोरीबाट सुरक्षा
तपाईंको फोन हराएको वा चोरी भएको अवस्थामा आफ्नो फोन र डाटा सुरक्षित राख्नुहोस्। आफ्नो पहिचान प्रमाणित गर्ने फिंगरप्रिन्ट, PIN, प्याटर्न वा पासवर्ड प्रयोग गरेर फोन खोल्ने प्रयास धेरै पटक असफल भएमा स्क्रिन स्वतः लक गर्न विफल प्रमाणीकरण लक सक्रिय गर्नुहोस्। तपाईंको पहिचान जाँच गर्ने फिचरले सेटिङहरू मा अघि भन्दा अब थप सुरक्षा को एउटा नयाँ तह थपेको छ।
अटो ब्लकर अस्थायी रूपमा बन्द गर्न
अब तपाईंले केही समयका लागि अटो ब्लकर को सुरक्षा असक्षम गर्नुपर्यो भने 30 मिनटपछि स्वतः सुरु हुने नयाँ विकल्प रोज्न सक्नुहुन्छ; यसले गर्दा सुरक्षा फिचर फेरि अन गर्न बिर्सिने डर हुँदैन र तपाईंको यन्त्र सुरक्षित रहन्छ।
आफ्ना यन्त्रहरूको सुरक्षा अवस्था जाँच गर्नुहोस्
आफ्ना सबै यन्त्रहरू सुरक्षित राख्नुहोस्। Knox म्याट्रिक्स ले अब तपाईंको Samsung account मा साइन इन भएका कुन समर्थन भएका यन्त्र हरूलाई पछिल्लो सुरक्षाका लागि सफ्टवेयर अपडेट आवश्यक छ भनेर देखाउँछ।
एक्सेसिबिलिटी
माउस वा कीबोर्ड द्वारा म्याग्निफिकेसन नियन्त्रण गर्नुहोस्
अब यी नयाँ विकल्पहरू प्रयोग गरेर आफूलाई चाहिने कुराहरूलाई जुनसुकै बेला म्याग्निफाइड गरेर हेर्न सक्नुहुन्छ। तपाईंले टाइप गर्दा वा कीबोर्डको कर्सर प्रयोग गरी फोकस परिवर्तन गरेर सार्दा म्याग्निफाइड गरिएको क्षेत्र अब तपाईंको कर्सर अनुसारै चल्नेछ। माउस प्रयोग गर्दा, तपाईंले पोइन्टरलाई स्क्रिनको छेउतर्फ सार्दा म्याग्निफाइड गरिएको क्षेत्र पनि त्यतै सर्न मिल्ने बनाउन सक्नुहुन्छ।
ड्वेल एक्शन र कुनाका कार्यहरू
पोइन्टर रोकिए पछि हुने स्वचालित कार्य सुविधालाई 2 वटा सुविधामा विभाजन गरिएको छ। तपाईंको माउस निश्चित समयको लागि चल्न बन्द हुँदा डवेल एक्शनले तपाईंलाई कस्टम कार्यहरू सेट गर्न दिन्छ। कुनाका कार्यहरू बाट तपाईंलाई स्क्रिनको प्रत्येक कुनाका लागि फरक-फरक एक्शन सेट गर्न सक्नुहुन्छ।
थप धेरै सुधारहरू
थप मिलाउन मिल्ने क्विक प्यानल
आफ्नो द्रुत सेटिङहरू आफूलाई मन पर्ने तरिकाले मिलाउनुहोस्। तपाईं अब क्विक प्यानलमा नियन्त्रक हरू थप्न, हटाउन, पुनःक्रमबद्ध गर्न र पुनः व्यवस्थित गर्न सक्नुहुन्छ।
रिमाइन्डर का लागि प्रारम्भिक अलर्टहरू
महत्त्वपूर्ण कार्यहरू नबिर्सिनका लागि, रिमाइन्डर आउनु अगाडि नै अलर्ट प्राप्त गर्नुहोस्। प्रत्येक रिमाइन्डरका लागि कति समयअघि अलर्ट प्राप्त गर्ने भनेर छनौट गर्न सक्नुहुन्छ।
Samsung Notes मा तालिकाहरू समावेश गर्नुहोस्
तालिकाहरू प्रयोग गरेर आफ्ना नोट मा भएका जानकारी लाई व्यवस्थित बनाउनुहोस्। तपाईंले कोठाको चौडाइ, रङ र बोर्डरको डिजाइन समायोजन गर्न सक्नुहुन्छ; साथै यसमा भएको अटो क्याल्कुलेसन फिचरले तपाईंको समय बचत गर्छ र कार्यलाई छरितो बनाउन मद्दत गर्छ।
पुनः डिजाइन गरिएको नयाँ ट्याबको पेज
Samsung Browser मा नयाँ ट्याब खोल्दा देखा पर्ने पेज फेरिएको छ, अब तपाईंले आफूलाई चाहिने वेबसाइट र फिचरहरू छिटो एक्सेस गर्न सक्नुहुन्छ नयाँ ट्याबको पेजमा अब सुरक्षाको अवस्थासँगै अन्य यन्त्रहरूमा खुला रहेका Samsung Browser का ट्याबहरू पनि देख्न सकिन्छ।
क्याल्कुलेटर संकेत
गणनामा हुने समय बचत गर्नुहोस्। तपाईंले क्लिपबोर्ड मा कपि गर्नुभएका नम्बर र सुत्रहरू क्याल्कुलेटर खोल्ने बित्तिकै सुझावको रूपमा देखिनेछन्, जसलाई एक ट्याप मै प्रविष्ट गर्न सकिन्छ।
बिल्ड नम्बर : E176BXXS5BZBE
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-03-10
सुरक्षा प्याचको स्तर : 2026-02-05
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXS4BZA5
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-02-05
सुरक्षा प्याचको स्तर : 2026-01-01
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXU3BYK3
Android संस्करण : B(Android 16)
जारी मिति : 2026-01-21
सुरक्षा प्याचको स्तर : 2025-11-01
• दृढ़ता र भरपर्दो
यन्त्र व्यवहार सुधार गरिएको छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXS3BYJ1
Android संस्करण : B(Android 16)
जारी मिति : 2025-11-12
सुरक्षा प्याचको स्तर : 2025-11-01
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।
बिल्ड नम्बर : E176BXXU2BYID
Android संस्करण : B(Android 16)
जारी मिति : 2025-10-15
सुरक्षा प्याचको स्तर : 2025-09-01
One UI 8.0 (एन्ड्रोइड 16)
उत्पादकत्व
अनलक नगरीकनै स्टक मूल्यहरू जाँच गर्नुहोस्
तपाईंले गूगल फाइनान्स फलो गर्नुहोस् गर्ने स्टकहरू जसको मूल्यमा ठूलो परिवर्तन हुन्छ, व्यापारिक दिनको अन्त्यमा तपाईंको Now bar देखा पर्नेछ।
Quick Share माध्यमद्वारा सजिलो फाइल साझेदारी
फाइलहरू पठाउन र प्राप्त गर्न यो पहिले कहिल्यै पनि सजिलो थिएन। सुरु गर्नका लागि द्रुत सेटिङहरू रहेको Quick Share बटनमा ट्याप गर्नुहोस्। तपाईंले Quick Share स्क्रिन खुला हुँदा फाइलहरू प्राप्त गर्न सक्नुहुन्छ र Quick Share बाट सिधै अरूलाई फाइलहरू पठाउन सक्नुहुन्छ।
स्टिकी नोटहरू
Samsung Notes कागजातहरूको शीर्ष स्थानमा द्रुत एनोटेसनहरू थप्नुहोस्। तपाईंले थप्न सक्ने स्टिकी नोटहरूको संख्याको कुनै सीमा हुँदैन, र मूल कागजातलाई बाधा नपुर्याई पछि तिनीहरूलाई हटाउन सजिलो हुन्छ।
डाउनलोडहरू छिटो फेला पार्नुहोस्
अब तपाईंले फाइलहरू डाउनलोड गर्न प्रयोग गरिएको एपको आधारमा फिल्टर गर्न सक्नुहुन्छ। मेरा फाइलहरूमा डाउनलोड गरिएका र भर्खरका दृश्यहरूमा काम गर्छ।
पुन: डिजाइन गरिएको सैमसंग इन्टरनेट
तपाईंलाई आवश्यक पर्ने सुविधाहरूको छिटो पहुँच प्राप्त गर्नुहोस्। तपाईंले धेरै प्रयोग गर्ने सुविधाहरूको पहुँच प्राप्त गर्न सजिलो बनाउन सैमसंग इन्टरनेट मेनुलाई अनुकूलित गरिएको छ। तपाईं आफ्नो व्यक्तिगत प्राथमिकताहरू मिलाउन लेआउटलाई पनि अनुकूलित गर्न सक्नुहुन्छ।
पोर्ट्रेट दृश्यमा वैज्ञानिक क्याल्कुलेटर
स्क्रिन घुमाउनु नपर्ने गरी वैज्ञानिक क्याल्कुलेटर प्रयोग गर्नुहोस्। वैज्ञानिक क्याल्कुलेटरले अब ल्यान्डस्केपको अतिरिक्त पोर्ट्रेट दृश्यमा पनि काम गर्छ।
बहुकार्य
परिष्कृत स्प्लिट स्क्रीनको दृश्य
स्प्लिट स्क्रीनको दृश्य 2 वटा एपहरू खुला हुँदा, तपाईंले आफ्नो धेरैजसो ध्यान अर्को एपमा केन्द्रित गर्दै एउटा एपलाई आंशिक रूपमा देखिने बनाउन स्क्रिनको किनारामा धकेल्न सक्नुहुन्छ। साना एपहरू बीच छिटो स्विच गर्न जुनसुकै बेला त्यसमा ट्याप गर्नुहोस्।
रिमाइन्डरहरू
नयाँ रिमाइन्डर इन्टरफेस
रिमाइन्डर एपलाई स्क्रिनको शीर्षमा देखाइएका श्रेणीहरू सहित पुन: डिजाइन गरिएको छ, जसले गर्दा प्रत्येक श्रेणीमा कति रिमाइन्डरहरू छन् भनेर द्रुत झलक हेर्न सजिलो हुन्छ। स्क्रिनमा थप ठाउँ खाली गर्न द्रुत ट्यापको साथ अनुकूलन श्रेणीहरू लुकाउन सकिन्छ। तिनीहरूलाई फेरि देखा पर्न दिनका लागि फेरि एक पटक ट्याप गर्नुहोस्।
नयाँ नमुना रिमाइन्डरहरू
रिमाइन्डरहरूको शक्ति पत्ता लगाउनुहोस्। नमुना रिमाइन्डर टेम्प्लेटहरू अब रिमाइन्डर एपमा उपलब्ध छन्। आफ्नो जीवनमा महत्त्वपूर्ण कार्यहरू व्यवस्थापन गर्न तपाईंले के गर्न सक्नुहुन्छ भनेर हेर्नका लागि यी रिमाइन्डरहरू अन्वेषण गर्नुहोस्।
सजिलैसँग रिमाइन्डरहरू थप्नुहोस्
नयाँ रिमाइन्डरहरू थप्नका लागि कहिल्यै सजिलो भएको थिएन। स्क्रिनको तल्लो भागमा रहेको बाकसमा आफ्नो रिमाइन्डर टाइप गर्नुहोस्। तपाईंले टाइप गर्दा सुझावहरू देखा पर्नेछन् जुन तपाईं समय बचत गर्नका निम्ति ट्याप गर्न सक्नुहुन्छ। तपाईंले टेक्स्ट बाकस मुनिका बटनहरू प्रयोग गरेर चेकलिस्टहरू, स्थानहरू र चित्रहरू थप्न सक्नुहुन्छ। अथवा, यदि तपाईं टाइप गर्न चाहनुहुन्न भने, आवाज इनपुटको लागि माइक आइकनमा ट्याप गर्नुहोस्।
पात्रो
पात्रोमा रिमाइन्डरहरू व्यवस्थापन गर्नुहोस्
तपाईंले रिमाइन्डर एप नखोलीकनै पात्रो एपमा सजिलैसँग रिमाइन्डरहरू सिर्जना गर्न सक्नुहुन्छ। जब तपाईं + बटन ट्याप गर्नुहुन्छ, तपाईंसँग घटना वा रिमाइन्डर थप्ने विकल्प हुनेछ। तपाईं आफ्नो पात्रोमा रिमाइन्डरहरू ड्र्याग र ड्रप गरेर पुन: तालिका बनाउन पनि सक्नुहुन्छ।
कार्यक्रमहरू छिटो थप्नुहोस्
जब तपाईंले द्रुत थप्नुहोस् मेनुमा कार्यक्रम थप्न सुरु गर्नुहुन्छ, तपाईंले आफ्ना विगतका कार्यक्रमहरूमा आधारित कार्यक्रमको नाम र समयको लागि सुझावहरू प्राप्त गर्नुहुनेछ। थप टाइप नगरीकनै कार्यक्रम थप्नका लागि सुझावहरू मध्ये एउटामा ट्याप गर्नुहोस्।
Samsung Health
रनिङ कोच
तपाईं शुरुवातकर्ता हुनुहुन्छ वा अनुभवी धावक, Samsung Health को नयाँ रनिङ कोच सुविधाले तपाईंलाई चोटपटकको जोखिम कम गर्दै टाढा र छिटो दौडन मद्दत गर्न व्यक्तिगत प्रशिक्षण कार्यक्रमहरू र सुझावहरू प्रदान गर्दछ। Galaxy Watch7 वा सोभन्दा माथिको संस्करणमा काम गर्छ।
सुत्ने बेलाको मार्गदर्शन
सही समयमा सुत्नुहोस् ताकि तपाईं ताजा अनुभव गर्नुहोस् गर्दै उठ्नुहुनेछ। नयाँ सुत्ने बेलाको मार्गदर्शन सुविधाले तपाईंको निद्रा डाटाको विश्लेषण गर्दछ र प्रत्येक रात सुत्न जाने उत्तम समय सिफारिस गर्दछ।
दौडनका लागि चुनौतीहरू
चरण चुनौतीहरूको अतिरिक्त, अब तपाईं आफ्ना साथीहरूलाई दौडनको लागि चुनौती दिन सक्नुहुन्छ। तपाईंले लक्ष्य दूरी सेट गर्न सक्नुहुन्छ र त्यहाँ को छिटो पुग्छ भनेर हेर्न सक्नुहुन्छ वा समय सीमा सेट गर्न सक्नुहुन्छ र को सबैभन्दा टाढा दौडन्छ भनेर हेर्न सक्नुहुन्छ।
आफ्नो एन्टिअक्सिडेन्ट सेवनको जाँच गर्नुहोस्
एन्टिअक्सिडेन्ट सूचक (ल्याब) सुविधाले तपाईंको छालामा क्यारोटिनोइड्सको स्तर पत्ता लगाउन तपाईंको Galaxy Watch प्रयोग गर्दछ। क्यारोटीनोइड्स फलफूल र तरकारीहरूमा पाइने एक प्रकारको एन्टिअक्सिडेन्ट हो जसले शारीरिक बुढ्यौली रोक्न मद्दत गर्दछ। Galaxy Watch8 र Galaxy Watch Ultra सँग काम गर्छ।
खाना रेकर्डिङ रिमाइन्डरहरू
आफ्नो क्यालोरी लक्ष्यहरू पूरा गर्न ट्रयाकमा रहनुहोस्। अब तपाईंले Samsung Health आफ्नो खानाको सेवन रेकर्ड गर्न रिमाइन्डरहरू सेट गर्न सक्नुहुन्छ।
आफ्नो भास्कुलर लोड ट्र्याक गर्नुहोस्
आफ्नो भास्कुलर लोड मापन गर्न आफ्नो Galaxy Watch प्रयोग गर्नुहोस्, जुन तपाईंको रक्तनलीहरूमा पर्ने तनावको मात्रा हो। पहिले, कम्तिमा 3 दिन सुत्दा आफ्नो घडी लगाएर आधारभूत मापन सिर्जना गर्नुहोस्, त्यसपछि तपाईंले आफ्नो भास्कुलर लोड समयसँगै कहिले बढी वा कम हुन्छ भनेर हेर्न सक्षम हुनुहुनेछ। Galaxy Watch8 र Galaxy Watch Ultra सँग काम गर्छ।
फोटो र भिडियो
द्रुत नियन्त्रणहरू खोल्नका निम्ति माथि वा तल स्वाइप गर्नुहोस्
पूर्वावलोकन क्षेत्रमा जहाँसुकै माथि वा तल स्वाइप गरेर पहिलेभन्दा अझ छिटो क्यामेरामा द्रुत नियन्त्रणहरूको पहुँच प्राप्त गर्नुहोस्। क्यामेराका सेटिङहरू, माथि/तल स्वाइप गरेर द्रुत नियन्त्रणहरू खोल्ने विकल्प परिवर्तन गर्नुहोस्।
अडियो सुधारहरू
Galaxy Buds सेटिङहरूमा द्रुत पहुँच
तपाईंको Galaxy Buds नियन्त्रण गर्न पहिलेभन्दा सजिलो भएको छ। अब तपाईंले Galaxy Wearable एप नखोलीकनै आफ्नो फोनको सेटिङबाट सिधै Buds सेटिङहरू समायोजन गर्न सक्नुहुन्छ।
सञ्चार
सुधारिएका प्रोफाइल कार्डहरू
तपाईंको नाम र तस्विरका लागि उत्तम लेआउट प्राप्त गर्न तपाईंको प्रोफाइल कार्ड सिर्जना र सम्पादन गर्न सजिलो छ। सिर्जना गरिसकेपछि, तपाईंले आफ्नो प्रोफाइल कार्ड साझा गर्न सक्नुहुन्छ ताकि तपाईंले कल गर्दा अरू मानिसहरूले देख्न सकून्।
सम्पर्कहरूमा रेकर्ड गरिएका कलहरूको समीक्षा गर्नुहोस्
अब तपाईंका विगतका कुराकानीहरूको समीक्षा गर्न सजिलो भएको छ। तपाईंले रेकर्ड गर्नुभएका कलहरू अब सम्पर्क इतिहास स्क्रिनमा देखा पर्छन्।
सुरक्षा र गोपनीयता
परिष्कृत सुरक्षित फोल्डर
संवेदनशील एपहरू र डाटालाई आफ्नो फोनको छुट्टै, सुरक्षित क्षेत्रमा राख्नुहोस्। अब तपाईंले एपहरू बन्द गर्न र लक गर्दा सूचनाहरू रोक्नका लागि सुरक्षित फोल्डर सेट गर्न सक्नुहुन्छ। अधिकतम सुरक्षाको लागि तपाईं आफ्नो सुरक्षित फोल्डरलाई पूर्ण रूपमा लुकाउन र इन्क्रिप्ट गर्न सक्नुहुन्छ।
बलियो खाता सुरक्षा
Knox म्याट्रिक्सले सुरक्षा जोखिमहरूको लागि तपाईंको Samsung account साइन इन गरिएका यन्त्रहरू नियमित रूपमा स्क्यान गर्दछ। कुनै यन्त्रमा गम्भीर जोखिम भेटिएमा, सुरक्षा जोखिम तपाईंको खाता र अन्य यन्त्रहरूमा फैलिनबाट जोगाउन त्यो यन्त्र स्वचालित रूपमा तपाईंको Samsung account साइन आउट हुनेछ। तपाईंले सुरक्षा र गोपनीयता सेटिङहरूमा गई जुनसुकै बेला आफ्ना यन्त्रहरूको सुरक्षा स्थिति जाँच गर्न सक्नुहुन्छ।
लक गरिएको बेला सूचना सामग्री देखाउनुहोस् वा लुकाउनुहोस्
तपाईंको फोन लक भएको बेला सूचनाहरू सामग्री देखाउने वा लुकाउने विकल्प अब सूचनाहरू सेटिङहरूमा अवस्थित छ। आफ्नो फोन अनलक नगरी सूचनाहरूमा द्रुत पहुँच प्राप्तिको लागि सामग्री देखाउने छनौट गर्नुहोस्, वा आफ्ना सूचनाहरू गोप्य राख्न र अरूद्वारा हेरिनबाट रोक्न सामग्री लुकाउने छनौट गर्नुहोस्।
उपलब्धता
सहायक मेनु प्रयोग गरी पिन्च र जुम गर्नुहोस्
सहायक मेनुले अब स्क्रिनमा जुम इन र जुम आउट गर्ने थप तरिकाहरू प्रदान गर्दछ। एउटा औंलाले तान्नुको अतिरिक्त, अब तपाईं स्क्रिनमा बटनहरू थिचेर जुम स्तर समायोजन गर्न सक्नुहुन्छ।
आफ्नो किबोर्डबाट माउसका कार्यहरू नियन्त्रण गर्नुहोस्
यदि तपाईं माउस प्रयोग गर्न सक्नुहुन्न वा गर्न चाहनुहुन्न भने, उपलब्धता सेटिङहरूमा माउस कीहरू सक्रिय गर्नुहोस् र माउस पोइन्टर सार्न, क्लिक गर्न, होल्ड गर्न र स्क्रोल गर्न आफ्नो भौतिक किबोर्ड प्रयोग गर्नुहोस्।
आफ्नो किबोर्ड म्याग्निफाइ गर्नुहोस्
अब तपाईंले अन-स्क्रिन किबोर्डमा भएका कुञ्जीहरूलाई ठूला बनाउन सक्नुहुन्छ ताकि तिनीहरूलाई हेर्न र ट्याप गर्न सजिलो होस्। यसलाई प्रयोग गर्न म्याग्निफिकेसन सेटिङहरूमा टाइप गर्दा खेरी म्याग्निफाइ किबोर्ड खोल्नुहोस्।
ब्लुटूथ श्रवण यन्त्रहरू सजिलैसँग जोडी बनाउनुहोस्
अब तपाईंले उपलब्धता सेटिङहरूमा रहेको श्रवण सहायता समर्थन स्क्रिनमा सिधै आफ्नो ब्लुटूथ श्रवण यन्त्र समर्थन जोडी बनाउन र जडान गर्न सक्नुहुन्छ।
मोड र रुटिनहरू
नयाँ पूर्वनिर्धारित तालिकाहरू
मौसम र अन्य उन्नत अवस्थाहरूको लागि नयाँ पूर्वनिर्धारित तालिकाहरू हेर्नुहोस्। तिनीहरूलाई जस्ताको तस्तै प्रयोग गर्नुहोस्, वा आफ्नो आवश्यकताहरू पूरा गर्न तिनीहरूलाई अनुकूलित गर्नुहोस्।
नयाँ तालिकाका कार्यहरू
घडी, पात्रो, र Samsung Notes एपहरूबाट डाटा प्राप्त गर्न नयाँ कार्यहरू उपलब्ध छन्। डाटा प्राप्त गरेपछि, तपाईं यसलाई आफ्नो दिनचर्यामा अन्य अवस्था वा कार्यहरूमा प्रयोग गर्न सक्नुहुन्छ।
अझ धेरै सुधारहरू
सजिलैसँग अलार्महरू व्यवस्थित गर्नुहोस्
अब तपाईंले अलार्म समूह स्क्रिनमा रहेको + बटन ट्याप गरेर अवस्थित अलार्महरूलाई अलार्म समूहमा थप्न सक्नुहुन्छ। तपाईंले आफ्नो होम स्क्रीन विजेटमा अलार्म समूह पनि थप्न सक्नुहुन्छ ताकि तपाईं एकै ट्यापमा समूहका सबै अलार्महरू खोल्न वा बन्द गर्न सक्नुहुन्छ।
परिष्कृत एप सूचना सेटिङहरू
अब तपाईंले एपको सूचना सेटिङहरूमा प्रत्येक एपको लागि छुट्टाछुट्टै पप-अप सूचना स्टाइल छनौट गर्न सक्नुहुन्छ।
परिमार्जित मौसम दृश्यहरू
मौसम एपले अब तपाईंलाई हालको मौसम अवस्था सहज रूपमा बुझ्न मद्दत गर्नका लागि थप समृद्ध र यथार्थपरक छविहरू प्रदान गर्दछ।
बिल्ड नम्बर : E176BXXS2AYI4
Android संस्करण : V(Android 15)
जारी मिति : 2025-10-14
सुरक्षा प्याचको स्तर : 2025-09-01
• सुरक्षा
यन्त्र सुधार गरिएको सुरक्षाका साथ सुरक्षित छ ।
यी परिवर्तनहरू ग्राहक वातावरणको नमुना, देश वा नेटवर्क अपरेटरको आधारमा फरक हुन सक्छन्।