सफ्टवेयर अपडेटमा निम्न समावेश हुन सक्छ, तर यतिमा मात्र सीमित होइन
आफ्नो यन््त्रको धेरै भन्दा धेरै लाभ लिन कृपया यन्त्रलाई अप टु डेट राख्नुहोस् र नियमित रूपमा सफ्टवेयर अपडेटहरू जाँच्नुहोस्।
Galaxy J4 (SM-J400M)
बिल्ड नम्बर : J400MUBSECVE1
Android संस्करण : Q(Android 10)
जारी मिति : 2022-06-07
सुरक्षा प्याचको स्तर : 2022-05-01
· सुरक्षा प्याच अपडेट
बिल्ड नम्बर : J400MUBSDCUK2
Android संस्करण : Q(Android 10)
जारी मिति : 2021-11-19
सुरक्षा प्याचको स्तर : 2021-11-01
• तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBUCCUE2
Android संस्करण : Q(Android 10)
जारी मिति : 2021-06-10
सुरक्षा प्याचको स्तर : 2021-05-01
• LGPD (साधारण व्यक्तिगत डाटाको सुरक्षा कानून) लागू गरिएको छ।
• तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBSBCUC1
Android संस्करण : Q(Android 10)
जारी मिति : 2021-04-27
सुरक्षा प्याचको स्तर : 2021-03-01
आफ्नो यन्त्रको धेरै भन्दा धेरै लाभ लिन कृपया यन्त्रलाई अप टु डेट राख्नुहोस् र नियमित रूपमा सफ्टवेयर अपडेटहरू जाँच्नुहोस्।
बिल्ड नम्बर : J400MUBSACTI1
Android संस्करण : Q(Android 10)
जारी मिति : 2020-10-08
सुरक्षा प्याचको स्तर : 2020-09-01
• तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBU9CTGO
Android संस्करण : Q(Android 10)
जारी मिति : 2020-08-28
सुरक्षा प्याचको स्तर : 2020-07-01
एन्ड्रोइड 10 को साथमा One UI 2 अपग्रेड
One UI 2 ले तपाईका लागि एन्ड्रोइड 10 ल्याएको छ जसमा तपाई जस्ता प्रयोगकर्ताहरूबाट प्राप्त भएको प्रतिक्रियाको आधारमा सैमसंग र गूगलका आकर्षक नयाँ सुविधाहरू समावेश गरिएका छन्।
अपग्रेड गर्दा तपाईको महत्वपूर्ण डाटा सुरक्षित रहोस् भन्ने उद्देश्यले हामी तपाईलाई आफ्नो डाटाको ब्याक अप लिन सुझाव दिन्छौँ।
OS अपडेट गरेपछि तपाईले क्याल्कुलेटर, सैमसंग इन्टरनेट, Samsung Health र Samsung Notes लगायतका केही एपहरू एक-एक गरी अपडेट गर्नुपर्ने हुन्छ।
नयाँ सुविधाहरू यहाँ दिइएका छन्।
अँध्यारो मोड
- दिन र रातको वातावरणका लागि उन्नत छवि, पाठ र रंगको समायोजन।
- अँध्यारो बनाइएका वालपेपर, विजेट र अँध्यारो मोड अन गरिएका अलार्महरू।
आइकन र रंगहरू
- अझ सफा एपको आइकन र प्रणालीका रंगहरू।
- स्क्रीनको खेरा गएको ठाउँ हटाउन शीर्षक र बटनहरूका लागि सुधारिएका लेआउटहरू।
अझ सहज एनिमेशनहरू
- चंचल स्पर्स भएको उन्नत एनिमेशन।
पूर्ण स्क्रीनका जेस्चरहरू
- नेभिगेशनका नयाँ जेस्चरहरू थपिएका छन्।
परिष्कृत अन्तरक्रियाहरू
- ठूला स्क्रीनहरूमा औँलाहरू धेरै हल्लाउन नपरिकनै थप सहजताका साथ नेभिगेशन गर्नुहोस्।
- स्पष्ट रूपमा हाइलाइट गरिएका बटनहरूमार्फत चासोका कुराहरूमा सजिलैसँग फोकस गर्नुहोस्।
एक-हाते मोड
- एक-हाते मोडमा जाने नयाँ तरिकाहरू: होम बटनमा दुई पटक ट्याप गर्नुहोस् वा स्क्रीनको तल्लो भागको बीचबाट तलतिर स्वाइप गर्नुहोस्।
- यो सुविधाका सेटिङहरूलाई सेटिङहरू > उन्नत सुविधाहरू > एक हाते मोड खण्डमा सारिएको छ।
सुलभता
- ठूला पाठका लागि उच्च कन्ट्रास्टका कीबोर्ड र लेआउटहरूमा सुधार गरिएको छ।
- लाइभ स्पीच सुनी त्यसलाई पाठका रूपमा प्रदर्शन गर्नुहोस्।
वालपेपरहरूमा अझ राम्रो पाठ
- तलको छविमा उज्यालो र अँध्यारो क्षेत्र र रंगकोकन्ट्रास्टको आधारमा One UI ले स्वचालित रूपमा फन्टको रंग समायोजन गर्ने हुँदा वलपेपरहरूमा अझ स्पष्टसँग पाठ हेर्नुहोस्।
मिडिया र यन्त्रहरू
- SmartThings को प्यानललाई प्रतिस्थापन गरी मिडिया र यन्त्रहरू नामक सुविधा उपलब्ध गराइएको छ।
- मिडिया: आफ्नो फोनका साथै अन्य यन्त्रहरूमा प्ले भइरहेका संगीत र भिडियोहरू नियन्त्रण गर्नुहोस्।
- यन्त्रहरू: सोझै क्विक प्यानलबाट आफ्ना SmartThings सम्बन्धी यन्त्रहरूको जाँच गर्नुहोस् र ती यन्त्रहरू नियन्त्रण गर्नुहोस्।
यन्त्रको हेरविचार
- बैटरीको प्रयोगसम्बन्धी ग्राफले अब थप विस्तृत जानकारी प्रदान गर्छ।
डिजिटल वेलबिइंग
- आफ्नो फोन प्रयोग गर्ने बानीलाई नियन्त्रणमा राख्ने लक्ष्यहरू सेट गर्नुहोस्।
- फोनले गर्दा आफ्नो कामबाट ध्यान नहटोस् भन्नका लागि ध्यान केन्द्रित गर्ने मोड प्रयोग गर्नुहोस्।
- नयाँ अभिभावकीय नियन्त्रणहरू प्रयोग गरी आफ्ना बच्चाहरूको गतिविधिमाथि निगरानी राख्नुहोस्।
क्यामेरा
- स्क्रीनको फेदमा देखिने मोडहरू सम्पादन गर्न सकिने क्षमता।
- तपाई पूर्वावलोकन स्क्रीनबाट द्रुत रूपामा लुकाइएका मोडहरूमाथि पहुँच राख्न सक्नुहोस् भन्नाका खातिर थप नामक ट्यब प्रदान गरियो।
- तपाईं बिचमा सेटिङहरू नआइकन तस्बिरहरू खिच्ने कार्यमा केन्द्रित हुन सक्नुहोस् भन्नाका खातिर सुधारिएको लेआउट।
इन्टरनेट
- आफूले सबैभन्दा धेरै प्रयोग गर्ने सुविधाहरूमा तुरुन्त पुग्न द्रुत मेनुलाई आफूले चाहेअनुसारको बनाउनुहोस्।
- एप बारमार्फत थप जानकारी प्राप्त गर्नुहोस्।
- अझ धेरै सुविधाहरू प्राप्त गर्न Galaxy Store बाट एड-अनहरू स्थापना गर्नुहोस्।
सैमसंग सम्पर्क एप
- सम्पर्क एपमा ट्र्याशको सुविधा थपिएको छ। तपाईले मेटाएका सम्पर्कहरू सदाका लागि मेटाइनुअघि 15 दिनसम्म ट्र्याशमा रहने छन्।
पात्रो
- कुनै कार्यक्रम सिर्जना नगरिकनै मितिमा स्टिकरहरू थप्न सकिन्छ।
- कार्यक्रमसम्बन्धी सतर्कताहरूमा रिङटोनहरू थप्न सकिन्छ।
रिमाइन्डर
- दोहोर्याइने रिमाइन्डरहरूमा थप विकल्पहरू प्रदान गरिएका छन्।
- कुनै खास समयावधिका लागि स्थानमा आधारित रिमाइन्डरहरू सेट गर्नुहोस्।
- आफ्नो पारिवारिक समूह वा अन्य साझेदारी समूहहरूसँग रिमाइन्डरहरू साझा गर्नुहोस्।
- कुनै खास मितिमा कुनै सतर्कता सूचनाबिनाका रिमाइन्डरहरू थप्नुहोस्।
मेरा फाइलहरू
- तपाईले कुनै कुरा गल्तीले मेटाएमा फाइलहरू पुनर्स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले ट्र्याशको सुविधा सिर्जना गरिएको छ।
- तपाईलाई अझ छिटो वस्तुहरू भेट्टाउनमा मद्दत गर्न खोज गर्दा प्रयोग गर्न सकिने थप फिल्टरहरू प्रदान गरिएका छन्।
- अब तपाई एकै समयमा एकभन्दा बढी फाइल र फोल्डरहरू कुनै अर्को गन्तव्य स्थानमा प्रतिलिपि गर्न वा सार्न सक्नुहुन्छ।
क्याल्कुलेटर
- एकाइ बदल्ने सुविधामा गति र समयका एकाइहरू थपिएका छन्।
कारमा जडान गर्ने
- अब यन्त्रमा Android Auto पहिलेदेखि नै लोड गरिएको हुन्छ।
बिल्ड नम्बर : J400MUBS9BTF3
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2020-07-22
सुरक्षा प्याचको स्तर : 2020-07-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS8BTE2
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2020-05-26
सुरक्षा प्याचको स्तर : 2020-05-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS7BTB3
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2020-03-26
सुरक्षा प्याचको स्तर : 2020-03-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS6BTA1
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2020-02-20
सुरक्षा प्याचको स्तर : 2020-02-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBU5BSL2
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2020-01-10
सुरक्षा प्याचको स्तर : 2019-12-01
· सुरक्षा प्याच अपडेट
बिल्ड नम्बर : J400MUBS5BSL1
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2019-12-19
सुरक्षा प्याचको स्तर : 2019-12-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS4BSI3
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2019-10-11
सुरक्षा प्याचको स्तर : 2019-10-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBU4BSH1
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2019-09-07
सुरक्षा प्याचको स्तर : 2019-08-01
आफ्नो यन्त्रको धेरै भन्दा धेरै लाभ लिन कृपया यन्त्रलाई अप टु डेट राख्नुहोस् र नियमित रूपमा सफ्टवेयर अपडेटहरू जाँच्नुहोस्।
बिल्ड नम्बर : J400MUBS4BSG1
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2019-07-15
सुरक्षा प्याचको स्तर : 2019-07-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS3BSE3
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2019-07-03
सुरक्षा प्याचको स्तर : 2019-05-01
आफ्नो यन्त्रको धेरै भन्दा धेरै लाभ लिन कृपया यन्त्रलाई अप टु डेट राख्नुहोस् र नियमित रूपमा सफ्टवेयर अपडेटहरू जाँच्नुहोस्।
बिल्ड नम्बर : J400MUBU3BSDD
Android संस्करण : Pie(Android 9)
जारी मिति : 2019-07-02
सुरक्षा प्याचको स्तर : 2019-04-01
Android Pie को साथमा One UI अपग्रेड
One UI तपाईसामु प्रस्तुत गर्दछ Android Pie, जसमा आकर्षक नयाँ सुविधाहरूका साथै तपाई जस्ता प्रयोगकर्ताहरूको प्रतिक्रियाको आधारमा सैमसंग र गूगलद्वारा तयार पारिएको एकदमै नयाँ रूप र अनुभव समावेश गरिएको छ।
आफ्नो महत्वपूर्ण डाटा सुरक्षित राख्नका निम्ति हामी तपाईलाई अपग्रेड गर्नुअघि आफ्नो डाटाको ब्याक अप लिन सिफारिस गर्छौं।
आफ्नो OS अपडेट गरेपछि तपाईले क्याल्कुलेटर, सैमसंग इन्टरनेट, Samsung Health, Samsung Notes, Samsung Members र Samsung Pay लगायतका केही एपहरू एक-एक गरी अपडेट गर्नुपर्ने हुन्छ।
एन्ड्रोइड Pie भएको यन्त्रको मेरो मोबाइल फेला पार्नुहोस् भन्ने सुविधामा रहेको टाढैबाट अनलक गर्ने फंक्शन प्रयोग गर्न स्क्रीन लकसम्बन्धी पासवर्ड (वा PIN/ढाँचा) को ब्याकअप प्रक्रिया पूरा गर्न जरुरी हुन्छ। त्यसैले कृपया अपडेटको प्रक्रिया आगडि बढाउनुअघि तपाईलाई आफ्नो लक स्क्रीनको पासवर्ड (वा PIN/ढाँचा) याद छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्। तपाईले त्यो पासवर्ड (वा PIN/ढाँचा) बिर्सिनुभएको छ भने अपडेटको प्रक्रिया अगाडि बढाउनुअघि त्यसलाई रिसेट गर्नुहोस्।
नयाँ सुविधाहरू यहाँ दिइएका छन्।
One UI
- तपाईले गर्नुपर्ने काममा तपाईको ध्यान केन्द्रित राख्नका लागि सामग्री, सेटिङहरू र अन्य जानकारी पुनः व्यवस्थित गरिएका छन्।
- अन्तर्क्रिया गरिने कुराहरूमाथि सधैँ सजिलैसँग पहुँच राख्न सकियोस् भन्नका लागि तिनीहरूलाई स्क्रीनको तल्लो भागमा सारिएको छ।
- नयाँ डिजाइन र रात्रि मोड जस्ता सुविधाहरूले तपाईको आँखालाई सुविधा पुर्याइराख्न मद्दत गर्ने छन्।
सूचनाहरू
- तपाई सोझै सूचना प्यानलबाट संदेशहरूको जवाफ दिन सक्नुहुन्छ।
- संदेशका सूचनाहरूमा छविका थम्बनेलहरू समावेश गरिएका छन्।
- कुनै एपको सूचनाको सेटिङमा गई एकै पटक ट्याप गरेर कुनै कोटिभित्रका सबै सूचनाहरू अन वा अफ गर्न सकिन्छ।
सैमसंग कीबोर्ड
- नयाँ Unicode 11.0 का इमोजीहरू उपलब्ध छन्।
- अनुकूल बनाउन मिल्ने नयाँ थीमले सम्बन्धित एपको रंगको आधारमा तपाईको कीबोर्डको रूप परिवर्तन गर्दछ।
- सबै एपहरूभित्र फ्लोटिङ कीबोर्डको सुविधा उपलब्ध गराइएको छ र त्यसमा आकार तथा पारदर्शितासम्बन्धी नयाँ सेटिङहरू दिइएका छन्।
- तपाई टच गरी होल्ड गर्ने फंक्शनमा आफूले चाहेअनुसारको विलम्ब सेट गर्न सक्नुहुन्छ।
यन्त्रको हेरविचार (पहिले यसको नाम यन्त्रको मर्मत-सम्भार थियो)
- कार्यप्रदर्शनका मोडहरू व्यवस्थित गरिएका छन् र पावर बचतका मोडहरूमा मिसाइएका छन्।
- यन्त्रको मर्मत-सम्भार नामक एज प्यानल हटाइएको छ।
Always On Display
- तपाईको समयतालिकासहितको पात्रो देखाउने विकल्पलगायतका घडीका नयाँ शैलीहरू थपिएका छन्।
- तपाईलाई यन्त्र पूरा चार्ज हुन कति समय बाँकी छ भन्ने कुराको जानकारी दिन चार्जिङसम्बन्धी जानकारी थपिएको छ।
- तपाई जहिले पनि स्क्रीन अफ हुँदा Always On Display देखिने बनाउन सक्नुहुन्छ अथवा आफूले स्क्रीनमा ट्यापगरेपछि 30 सेकेन्डसम्म देखिने विकल्पमा सेट गर्न सक्नुहुन्छ।
सेटिङहरू
- सेटिङहरू खोज्न सजिलो होस् भन्ने उद्देश्यले मेनुहरूलाई पुनः व्यवस्थित गरिएको छ।
Samsung DeX
- कुनै मनिटर वा TV मा DeX प्रदर्शन गरिएको बेला पनि फोनमा त्यसको प्रयोग जारी राख्नुहोस्।
- HDMI एडाप्टरहरूमार्फत Samsung DeX प्रयोग गर्नुहोस्। DeX स्टेशन आवश्यक छैन।
Bixby
- विभिन्न किसिमका सुधार र नयाँ सुविधाहरूको साथमा Bixby एकदमै नयाँ भएको छ।
- नवीनतम सुविधाहरू र समर्थन भएका एपहरूको अन्वेषण गर्न Bixby को मुख्य स्क्रीनबाट बायाँतिर स्वाइप गर्नुहोस्।
- तपाई सेटिङहरूमा गई एक पटक थिच्दा वा दुई पटक थिच्दा Bixby को कुञ्जीले गर्ने काम निर्धारण गर्न सक्नुहुन्छ।
फोन
- अब तपाई इनकमिङ र आउटगोइङ कलहरूको आधारमा आफ्नो कलको इतिहास क्रमबद्ध गर्न सक्नुहुन्छ।
- तपाईको कलको इतिहासमा 2000 प्रविष्टिहरू समावेश गर्न सकिन्छ (500 बाट बढाइएको)।
सम्पर्कहरू
- नयाँ ड्रअरले विभिन्न एकाउंटहरूका सम्पर्कहरूको व्यवस्थापन गर्न सजिलो बनाउँछ।
क्यामेरा
- थपिएको दृश्य अप्टिमाइजर सुविधाले सम्बन्धित दृश्यसँग मेल खाने बनाउनका लागि स्वचालित रूपमा क्यामेराका रंगसम्बन्धी सेटिङहरूलाई उन्नत बनाउँछ।
ग्यालरी
- ग्यालरीमा Photo Editor PRO का सम्पादनसम्बन्धी उपकरणहरू थपिएका छन्, अतः तपाई ग्यालरीबाट बाहिर ननिस्किकन सम्पादन र सुधारहरू गर्न सक्नुहुन्छ।
मेरा फाइलहरू
- तपाईलाई आफ्नो भण्डारणको प्रयोगमाथि निगरानी राख्न र खाली ठाउँ बचाउनमा मद्दत पुगोस् भन्ने उद्देश्यले भण्डारणको विश्लेषण गर्ने नयाँ उपकरण थपिएको छ।
- तपाई अब मेरा फाइलहरू नामक एपको होम स्क्रीनमा रहेका वस्तुहरू देखाउन वा लुकाउन सक्नुहुन्छ।
Samsung Health
- सूचना प्यानलमा तपाईको दैनिक कदमको गिन्ती देखाइने छ। यसलाई लुकाउन उक्त सूचना थिचिराख्नुहोस्, त्यसपछि हालका कदमहरू भन्ने विकल्पलाई अफ गर्नुहोस्।
अन्य सुधार तथा परिवर्तनहरू
- सक्रिय गर्न उचाल्नुहोस् भन्ने सुविधा प्रयोग गरी जहिले पनि आफूले फोन उचाल्दा स्क्रीन स्वतः अन हुने बनाउनुहोस्।
- क्विक प्यानलबाट किड्स होम सुविधामाथि पहुँच राख्नुहोस्।
- कल गर्दा स्टिकरहरू पठाउने सुविधा हटाइको छ।
- अब HEIF ढाँचाका छविहरूलाई समर्थन गरिन्छ।
बिल्ड नम्बर : J400MUBS3ASD4
Android संस्करण : Oreo(Android 8.0.0)
जारी मिति : 2019-05-10
सुरक्षा प्याचको स्तर : 2019-04-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS2ASC2
Android संस्करण : Oreo(Android 8.0.0)
जारी मिति : 2019-03-26
सुरक्षा प्याचको स्तर : 2019-03-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBU2ARL4
Android संस्करण : Oreo(Android 8.0.0)
जारी मिति : 2019-01-25
सुरक्षा प्याचको स्तर : 2019-01-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
· स्थिरतामा सुधार गरिएको छ। - क्यामेरा
बिल्ड नम्बर : J400MUBU2ARJ3
Android संस्करण : Oreo(Android 8.0.0)
जारी मिति : 2019-01-05
सुरक्षा प्याचको स्तर : 2018-10-01
· क्यामेरा को स्थिरतामा सुधार गरिएको छ।
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBS2ARI1
Android संस्करण : Oreo(Android 8.0.0)
जारी मिति : 2018-10-25
सुरक्षा प्याचको स्तर : 2018-09-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।
बिल्ड नम्बर : J400MUBU2ARG7
Android संस्करण : Oreo(Android 8.0.0)
जारी मिति : 2018-08-08
सुरक्षा प्याचको स्तर : 2018-07-01
· तपाईको यन्त्रको सुरक्षा सुधार गरिएको छ।